पहिरो खस्दा पोखरा–बागलुङ खण्ड अवरुद्ध
काठमाडौं, १९ असार। पहिरो खस्दा मध्यपहाडी राजमार्गको पोखरा–बागलुङ खण्ड अवरुद्ध बनेको छ। पर्वतको मोदी गाउँपालिका–६स्थित महभिरमा सडकमाथिबाट पहिरो खस्दा गए रातिदेखि सडक अवरुद्ध बनेको हो।भारी वर्षाका कारण भिरबाट ठूला–ठूला ढुङ्गासहितको पहिरो खसेर सडक पुरिएको छ। वर्षा नरोकिएका कारण सडक खुलाउन समस्या भएको छ।सडक अवरुद्ध हुँदा पोखरातर्फबाट धवलागिरिका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङतर्फ आएका सवारीसाधन नयाँपुलमा रोकिएका छन्।
प्रतिक्रिया दिनुहोस्