संसदीय समितिका सभापति चयनका लागि सभामुख घिमिरे र शीर्ष नेताबीच छलफल काठमाडौं। सभामुख देवराज घिमिरे र प्रधानमन्त्री पुष्पकमल दाहालसहित प्रमुख तीन दलका शीर्ष नेताबीचको छलफल सुरु भएको छ। सभामुख घिमिरेले आज बिहान ११ बजे सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा प्रधानमन्त्री, नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका हुन्। संसदीय समितिका सभापति चयन र संसद्लाई अझ प्रभावकारी बनाउने विषयमा सभामुखले शीर्ष नेतासँग छलफल गर्न लागिएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्