संसदीय समितिको सभापति चयन प्रक्रिया अघि बढाउन तीन दलबीच जुट्यो सहमति काठमाडौं, १९असार। प्रमुख तीन राजनीतिक दल नेकपा एमाले, माओवादी र नेपाली कांग्रेस संसदीय समितिको सभापति चयन प्रक्रिया अघि बढाउन सहमत भएका छन्। बुधबार सिंहदबारमा बसेको तीनै दलका शीर्ष नेताहरु र सभामुख देवराज घिमिरेको बैठकमा उक्त सहमति जुटेको हो। छलफलमा सभामुख घिमिरेले लामो समयदेखि संसदीय समितिहरु ज्येष्ठ सदस्यको अध्यक्षतामा सञ्चालन भइरहेको भन्दै सभापति चयनमा छिटो सहमति गर्न आग्रह गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्