जातीय विभेदविरुद्ध आज जसपाले खबरदारी कार्यक्रम गर्ने
काठमाडौं, २० असार।जनता समाजवादी पार्टी (जसपा)ले नेपालमा हुँदै आएको जातीय विभेदविरुद्ध आज खबरदारी कार्यक्रम गर्ने भएको छ। हालै जुम्लामा अन्तरजातीय विवाह गरेको विरोधमा घरमा आगजनी गरिएको र दाङमा कथित तल्लो जात रहेको भनी डेराबाट निकालिएको घटनाको विरोधमा खबरदारी कार्यक्रम गर्न लागिएको हो। काठमाडौँको माइतीघर मण्डलामा आज दिउँसो १ बजे उक्त घटनाको विरोधमा खबरदारी कार्यक्रम गरिनेछ।
प्रतिक्रिया दिनुहोस्