बाढी–पहिरो पीडितलाई सहयोग गर्न तयारी अवस्थामा रहन एमाले कार्यकर्तालाई ओलीको निर्देशन
काठमाडौं, २० असार। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाढी पहिरो र डुबान पीडितको उद्धार गर्न कार्यकर्तालाई निर्देशन दिएका छन्। वर्षायाम लागेसँगै बाढी र पहिरोको खतरा हुने भन्दै उच्च सतर्कता अपनाउन, राजमार्गहरूमा ट्राफिक नियमको पालना गर्न पनि ओलीले अनुरोध गरेका छन्। बाढी पहिरोको जोखिमबारे राज्यले आफ्ना निकायहरूलाई यथोचित परिचालन गरोस् भन्ने विषयमा पनि ओलीले सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिक्रिया दिनुहोस्