राष्ट्रिय सभामा एमालेले माग्यो प्रधानमन्त्री प्रचण्डको राजीनामा
काठमाडौं, २० असार। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गरेको छ। बुधबार राष्ट्रियसभा बैठक सुरु हुने वित्तिकै राष्ट्रियसभाका एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले प्रधानमन्त्री दाहालले व्यवसायी प्रितम सिंहको पुस्तक विमोचन गर्नेक्रममा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै तत्काल राजीनामा माग गरे। आफूहरुको माग पूरा नभई संसद बैठक चल्न नदिने अडान पनि उनले राखे।
प्रतिक्रिया दिनुहोस्