राष्ट्रियसभा बैठक स्थगित भएसँगै मिटरब्याजसम्बन्धी अध्यादेश निष्क्रिय
काठमाडौं, २० असार। सरकारले मिटरब्याज पीडितको समस्या समाधानका लागि ल्याएको अध्यादेश निष्क्रिय भएको छ। २० वैशाखमा सरकारले ल्याएको मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८० को प्रतिस्थापन विधेयक संविधान अनुसार ६० दिनभित्र संसदबाट पारित नहुने भएका कारण निष्क्रिय भएको हो। राष्ट्रियसभाले १५ असारमा पारित गरेर प्रतिनिधिसभामा पठाएको विधेयक प्रतिनिधिसभाले बुधबारसम्म पारित गरेर राष्ट्रियसभामा पठाउनुपर्ने थियो।
प्रतिक्रिया दिनुहोस्