प्रधानमन्त्री प्रचण्डले राजीनामा दिनुनपर्ने गठबन्धनको निष्कर्ष काठमाडौं, २१ असार। सत्तारुढ गठबन्धनले संसदीय मूल्य र मान्यताविपरीत गएर संसद् अवरोध गर्ने र प्रधानमन्त्रीको राजीनामा माग्ने प्रमुख प्रतिपक्षलगायतका प्रतिपक्षी दलको व्यवहार गैरराजनीतिक र असंसदीय रहेको ठहर गरेको छ। सत्तारुढ सात दलको बैठकले प्रधानमन्त्रीको अभिव्यक्तिको बारेमा छलफल गर्दै राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेको हो। बैठकले प्रमुख प्रतिपक्ष नेकपा एमालेलगायतले बुधबार सदनमा देखाएको व्यवहारलाई असंसदीय भनेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्