प्रधानमन्त्रीले राजीनामा दिने कुरा कल्पना पनि गर्न सकिँदैन: माओवादी केन्द्र काठमाडौं, २१ असार। नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीको राजीनामा कल्पना पनि गर्न नसकिने बताएको छ। बिहीबार बसेको सत्तागठबन्धनको बैठकपछि पत्रकारहरुसँग कुरागर्दै माओवादी संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले प्रधानमन्त्रीले आफ्नो विषयवस्तु सदनमा भन्ने बताए। प्रधानमन्त्रीले नै संसद्‌मा बोल्न नपाउने हो भने कसले पाउँछ भन्ने उनको प्रश्न थियो।एउटा भावनात्मक,अर्कै प्रसंगमा, धेरै वर्ष पहिलाको कुरा ल्याएर बेठीक गरिएको उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्