दक्षिण अफ्रिकामा विषाक्त ग्याँस लिक हुँदा १६ जनाको मृत्यु
काठमाडौं, २१ असार। दक्षिण अफ्रिकामा विषाक्त नाइट्रेट अक्साइड ग्याँस लिक हुँदा १६ जनाको मृत्यु भएको छ। दक्षिण अफ्रिकामा जोहनिसबर्गको बोक्सबर्ग भन्ने स्थानमा यो घटना भएको हो। स्थानीय अधिकारीहरुकाअनुसार नाइट्रेट अक्साइड ग्याँस लिक हुँदा मृत्यु हुनेमा पाँच महिला र तीन बालबालिका रहेका छन्। रोयटर्सकाअनुसार घटनास्थलमा पुगेको प्रहरी टोलीले धेरैको उद्धार गरेको थियो। हाल घटनाबारे अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्