प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर एमालेद्वारा आज पनि राष्ट्रियसभा बैठक अवरुद्ध
काठमाडौं, २१ असार। प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०ले राष्ट्रिय सभाको बैठकको कामकारबाही अवरुद्ध गरेको छ। राष्ट्रिय सभाको बिहीबारको बैठकमा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग्दै अवरोध गरेको हो। राष्ट्रिय सभाको अर्को बैठक शुक्रबार साढे १२ बजेसम्मका लागि स्थगित भएको छ।बैठकमा एमाले सांसद भैरवसुन्दर श्रेष्ठले प्रधानमन्त्रीले मुलुकको सार्वभौमिकता र स्वाधीनताविरुद्ध अभिव्यक्ति दिएकाले राजीनामा नदिएसम्म सदन चल्न नदिने बताए।
प्रतिक्रिया दिनुहोस्