प्रधानमन्त्रीले राजीनामा दिनुहुन्नः प्रवक्ता रेखा शर्मा
काठमाडौं, २१ असार। सरकारका प्रवक्ता एवमं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले प्रधानमन्त्रीले पुस्तक बिमोचनका क्रममा राखेको अभिव्यक्ति कै कारण राजीनामा नदिने स्पष्ट पारेकि छन् ।मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न विहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले अन्यथा बिषय नबोलेकाले यसमा विवाद गर्न नहुने उनको भनाई थियो।यो विषय बेकारको र उठाउनु नपर्ने रुपमा प्रमाणित भएको शर्माको भनाई छ।
प्रतिक्रिया दिनुहोस्