सरकारबाटै राष्ट्र र लोकतन्त्रको चीरहरण भयो : महासचिव पोखरेल काठमाडौं, २२ असार। नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारबाटै लोकतन्त्रको चीरहरण भएको आरोप लगाएका छन्। सामाजिक सञ्जालमा उनले लेखेका छन् ‘प्रधानमन्त्री भारत भ्रमणमा उड्ने बेलामा मन्त्रिपरिषद्को निर्णयका आधारमा निष्क्रिय बनेको नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपतिको कदम,आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह पटक पटक दिल्ली गएको प्रधानमन्त्रीको अभिव्यक्ति र कोशी प्रदेशमा सरकार गठनमा सभामुखको दुरुपयोग राष्ट्र र लोकतन्त्रको चीरहरण गर्ने घटनाहरू हुन्।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्