अंकको आधारमा नभइ रुचिको आधारमा विषय छनोट गर्न विद्यार्थीलाई अध्यक्ष ओलीको सुझाव काठमाडौं, २२ असार। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माध्यमिक शिक्षा परीक्षा(एसइई)मा उत्तीर्ण विद्यार्थीलाई बधाई दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत विद्यार्थीलाई अबको पढाइमा विषय छनोट गर्दा अहिले प्राप्त गरेको अंकको आधारमा भन्दा आफ्नो रुचिको आधारमा विषय छनोट गर्न सुझाव दिएका छन्।‘शिक्षामा आफूले छनोट गरेको विषयमा निरन्तर सफलता प्राप्त होओस्। जीवनका सम्पूर्ण परीक्षा सफल होउन्,उत्तरोत्तर प्रगतिको कामना!’उनले भनेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्