कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ती असंवैधानिक भन्दै सर्वोच्च पुग्यो एमाले काठमाडौं, २२ असार। कोशी प्रदेशको नवनिर्मित सरकार गठनको प्रक्रिया असंवैधानिक भएको भन्दै एमाले सर्वोच्च अदालतमा पुगेको छ। सभामुखको समेत हस्ताक्षर जोडेर सरकारलाई आवश्यक पर्ने बहुमत देखाएर सरकार बनाएपछि एमालेले अदालत पुगेको हो। एमालेले निवेदनमा संविधानको धारा १६८(२) बाट निर्मित सरकार असंवैधानिक भएकाले उत्प्रेषणको आदेशद्वारा बदर गरी धारा १६८(३) अनुसार नयाँ सरकारको बाटो खोल्न परमादेश जारी गर्न माग गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्