कोशी प्रदेशका सभामुख गौतम भन्छन्ः ‘म माथि प्रश्न उठे राजीनामा दिन तयार छु’ काठमाडौं, २२ असार। कोशी प्रदेशका सभामुख बाबुराम गौतमले आफ्नो निष्पक्षतामा प्रश्न उठेमा नैतिकताको आधारमा राजीनामा दिन तयार रहेको बताएका छन्। उनले भने,‘प्रदेशसभामा गतिरोध उत्पन्न भएकाले यसलाई निकाश दिनका लागि मैले हस्ताक्षर गरेको हुँ। यद्यपि प्रदेशसभामा मेरो निष्पक्षतामाथि प्रश्न उठ्यो वा विरोध भयो भने नैतिकताको आधारमा मैले राजीनामा दिनुपर्ने हुन्छ। त्यस्तो अवस्थामा म राजीनामा दिन तयार छु।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्