राजस्व संकलन र चेक क्लियरिङ गर्न असार भर सार्वजनिक बिदामा पनि बैंक खुल्ने
काठमाडौं, २२ असार।राजस्व संकलन, चेक क्लियरिङ तथा विद्युतीय रकम ट्रान्सफरको फण्ड सेटलमेन्ट गर्नको असारभर शनिबार र सार्वजनिक बिदाका दिन पनि बैंक तथा वित्तीय संस्था खुलै हुने भएका छन्। नेपाल राष्ट्र बैंकले नेपाल सरकार,अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालयको अनुरोध बमोजिम असार २३,२४र ३०गते बिदाका दिन राति ८बजेसम्म र असार १ गते भने बेलुका ७बजेसम्म बैंकहरु खुला राख्नु पर्ने भएको छ।
प्रतिक्रिया दिनुहोस्