सडक दुर्घटनाप्रति ओलीको चासोः सुक्ष्म अध्ययन र अनुसन्धान आवश्यक छ
काठमाडौं, २४ असार। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सडक दुर्घटनाप्रति चासो व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्,‘पछिल्लो तीन महीना नेपालमा प्रतिदिन ६जनाले सवारी दुर्घटनामा ज्यान गुमाउने गरेको रेकर्ड सार्वजनिक भएको छ। दुर्घटनाका कारणहरू हाम्रा सडक पूर्वाधार,सडक अनुशासन,ट्राफिक नियमको पालना र सवारी साधनको स्थिति लगायत अनेकौँ हुन सक्छन्। यस विषयमा सूक्ष्म अध्ययन र अनुसन्धान हुन जरुरी देखियो।’
प्रतिक्रिया दिनुहोस्