कोशी प्रदेश सरकार विस्तारः माओवादीबाट २ र कांग्रेसबाट एक मन्त्री नियुक्त काठमाडौं, २४असार।कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज मन्त्रिपरिषद् विस्तार गरेका छन्। उनले माओवादीबाट २ जना र कांग्रेसबाट एक जना गरी तीन जना मन्त्री नियुक्त गरेर मन्त्रिपरिषद् विस्तार गरेका हुन्। माओवादीबाट जीवन आचार्य र राजेन्द्र कार्की, नेपाली काङ्ग्रेसबाट रामकुमार खत्री मन्त्री नियुक्त भएका छन्। आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी दिइएको छ। अरुको मन्त्रालय भने टुंगिएको छैन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्