ओली, प्रचण्ड र देउवाबीच भेटवार्ता काठमाडौं, २४ असार। संसद्को अवरोध खुलाउन सत्तारुढ दलका शीर्ष नेताले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग वार्ता सुरु गरेका छन्। सत्ता गठबन्धनको निर्णयलगत्तै केपी शर्मा ओलीसँग वार्ताका लागि कांग्रेस सभापति शेरबहादुर देउवा सिंहदरबार पुगेका थिए। नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्रीको राजीनामा माग्दै सदन अवरोध गर्दै आएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्