मृग ठानेर बन्दुक पड्काउँदा आफ्नै साथीलाई लाग्यो गोली
काठमाडौं, २५ असार। भोजपुर नगरपालिका–१२ टक्सारमा मृग ठानेर भरुवा बन्दुकले हान्दा आफ्नै साथीको ज्यान गएको छ। बन्दुकले लागेर भोजपुर–१२ टक्सारका १८ वर्षीय दिप्सन प्रधानको ज्यान गएको हो। प्रहरीका अनुसार घटनामा संलग्न छ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ। घटना यही असार २२ गते रातिको भए पनि गोली लागेर साथी मरेपछि उनीहरुले खोलाको बगरमा पुरेको प्रहरीको भनाइ छ।
प्रतिक्रिया दिनुहोस्