गत वर्षको तुलनामा १.७३ प्रतिशतले घट्यो महँगी
काठमाडौं, २५ असार। चालू वर्षको जेठ महिनामा वार्षिक उपभोक्ता मुद्रास्फीति १.७३ प्रतिशतले घटेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती’ अनुसार गत वर्षको सोही अवधिको तुलनामा महँगी घटेको हो। यो वर्षको जेठ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.८३प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८.५६प्रतिशत रहेको थियो। यो १.७३ प्रतिशतको गिरावट हो।
प्रतिक्रिया दिनुहोस्