प्रतिनिधिसभको आजको बैठकः एमालेले अवरोध नगर्ने
काठमाडौं, २५, साउन। आज प्रतिनिधिसभाको बैठक सूचारु हुने भएको छ। प्रधानमन्त्री सहित शीर्ष नेतृत्वबिच भएको छलफलमा प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिमा कमजोरी भएको स्वीकार्ने प्रतिबद्धता जनाउने र एमालेले बैठक चल्न दिने सहमति भएको हो। दलको बैठकमा सांसदहरूलाई जानकारी दिँदै ओलीले प्रधानमन्त्रीले गल्ती ‘रियलाइज’ गरेकोले आजको संसदमा उनको सम्बोधन सुन्नेगरी सहमति बनेको ब्रिफिङ गरेको नेताहरुले बताएका छन्।
प्रतिक्रिया दिनुहोस्