लितानिवासको जग्गा हिनामिना प्रकरणमा थप दुई जना पक्राउ काठमाडौं, २६असार।ललितानिवासको जग्गा हिनामिना प्रकरणमा थप दुई जना पक्राउ परेका छन्। मंगलबार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तत्कालीन मालपोत कार्यालयका नायब सुब्बा योगराज पौडेल र खरिदार नारायणदास मिश्रलाई पक्राउ गरेको हो। ललितानिवास प्रकरणमा सीआईबीको टोलीले अहिलेसम्म १४जना पक्राउ परेका छन्। जग्गा हिनामिना प्रकरणमा यसअघि सीआईबीको टोलीले निर्वाचन आयोगका पूर्वआयुक्त सुधीर शाह, व्यवसायी मीनबहादुर गुरुङसहित १२जनालाई पक्राउ गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्