सडक व्यापारीसँग अभद्र व्यवहार गर्ने ७ नगर प्रहरी जागिरबाट हटाइए, ५ जना निलम्बनमा
काठमाडौं, २६ असार। सडक व्यापारीहरूसँग अभद्र र अमानवीय व्यवहार गर्ने काठमाडौं महानगरका नगर प्रहरीहरू कारबाहीमा परेका छन्। महानगर प्रहरीका अनुसार ७ जना करारका नगर प्रहरीलाई जागिरबाट हटाएको छ। स्थायी सेवामा रहेका ५ जनालाई निलम्बन गरिएको छ। यस प्रकारका घटना दोहोरिन नदिन क्षेत्रमा खटिएका प्रहरीहरूलाई केन्द्रीय कार्यालयमा बोलाएर आचरण सम्बन्धी तालिम पनि दिने भएको छ।
प्रतिक्रिया दिनुहोस्