प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन काठमाडौं, २७ असार। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधन भएको छ। आज बिहान ८ः३३ बजे नर्भिक अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो। ६९ वर्षीया दाहाललाई बिहान ८ बजे कार्डियक अरेस्ट भएको अस्तपालले जनाएको छ। सीता दाहाल लामो समयदेखि दुर्लभ मानिएको पीएसपी रोगबाट ग्रस्त थिइन्। रोगका कारण उनी हिँडडुल गर्न पनि असमर्थ थिइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्