कोशी, मधेश र बागमतीमा भारी वर्षाको सम्भावना काठमाडौं, २८ असार। आगामी दुईदिन पूर्वी नेपालमा बढी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले प्रक्षेपण गरेको छ। आज र भोलि नेपालका पूर्वी र मध्य भेगमा तथा पर्सि पश्चिम भेगमा भारी वर्षाको सम्भावना रहेको छ। आज र भोलि दुई दिन तराईका जिल्लाहरुमा हावाहुरीकोसमेत सम्भावना रहेको महाशाखाले जनाएको छ। अहिले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्