अब बैंक आफैले व्याजदर तय गर्न पाउने
काठमाडौं, २८ असार। अब बैंकहरूले आ–आफ्नै आवश्यकता अनुसार ब्याजदर तोक्न सक्ने भएका छन्। बिहिवार बिहान बसेको नेपाल बैंकर्स संघको बैठकले बैंकले निक्षेपको ब्याजरमा भद्र सहमतिको नाममा हुँदै आएको कार्टेलिङ खारेज गरेको हो। अब साउन १ गतेदेखि लागु हुने गरी निक्षेपको ब्याजदर बैंकरले आफु अनुकुल तय गर्न सक्नेछन्।
प्रतिक्रिया दिनुहोस्