केन्द्रीय तहका नेतालाई लेबी बुझाउन जसपाको ताकेता काठमाडौं, २८ असार। जनता समाजवादी पार्टी जसपाले केन्द्रीय तहका नेतालाई लेबी बुझाउन ताकेता गरेको छ। सो पार्टीका आर्थिक विभाग प्रमुख विजय यादवले पार्टीको केन्द्रीय समिति,केन्द्रीय राजनीतिक समिति र केन्द्रीय कार्यकारिणी समिति सदस्यहरूलाई बाँकी रहेको लेबी असार मसान्तभित्र बुझाउन ताकेता गरेका हुन्। जसपाले केन्द्रीय सदस्यलाई पाँच सय, राजनीतिक समितिका सदस्यलाई सात सय र कार्यकारिणी सदस्यलाई एक हजार मासिक लेबी तोकेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्