नक्कली भुटानी शरणार्थी प्रकरणः थप एकजना पक्राउ काठमाडौं, २८ असार।नक्कली भुटानी शरणार्थी प्रकरणमामा थप एकजना पक्राउ परेका छन्।फरार रहेका केशव तुलाधरलाई काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयको प्रहरी टोलीले पक्राउ गरेको हो।जाहेरवाला गजेन्द्र बुढाथोकी लगायतका व्यक्तिहरूलाई ठगी गर्ने कार्यमा संलग्न रही फरार रहेका तुलाधर राजधानीको सानो भर्‍याङबाट पक्राउ परेको प्रहरीले जनाएको छ।तुलाधर पक्राउ परेसँगै नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या १९ पुगेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्