केन्द्रीय सदस्य थप्ने रास्वपाको तयारी
काठमाडौं, २९ असार।राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय सदस्य थप्ने भएको छनयाँ केन्द्रीय सदस्यमा सांसद रहेकाहरुलाई प्राथमिकता दिइने भएको छ। । विधान अनुसार १२१जना हुनुपर्ने केन्द्रीय समितिमा ३९जना छन्। आगामी केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्यको संख्या थप्ने एजेण्डा पनि लगिने भएको छ। केन्द्रीय समिति बैठकमा पार्टीको दस्तावेज पनि प्रस्तुत गर्ने तयारी गरिएको छ।रास्वपाले मंसिरबाट पहिलो महाधिवेशनको प्रक्रिया सुरु गर्ने भएको छ।
प्रतिक्रिया दिनुहोस्