भुक्तानीको माग गर्दै निर्माण व्यवसायी महासंघले गर्यो आन्दोलन
काठमाडौं,२९ असार।असार मसान्त भइसक्दा पनि निर्माण यवसायीहरूको अरबौँ भुक्तानी रोकिएको तथा नेपाल सरकारबाट म्याद थपको विषयमा त्रुटि भएको भन्दै नेपाल निर्माण व्यवसायी महासङ्घले आज काठमाडौंको माइतीघरमा घण्टा धर्ना दिएको छ। धर्नामा भनिएको छ,‘म्याद थप, भुक्तानीका बारेमा महासङ्घले गत फागुन देखि नै सरकारका सबै सम्बन्धित निकायको पटक पटक ध्यानाकर्षण गराउँदा समेत कुनै सुनुवार्ई नभएपछि बाध्य भएर आन्दोलन गर्नु परेको हो।’
प्रतिक्रिया दिनुहोस्