उच्च अदालत पोखराबाट पनि पल शाहले पाए सफाइ
काठमाडौं, ३१ असार। पीडित बालिकाको शरीर तथा कपडामा पल शाहका यौनजन्य अवशेष नभेटिएको भन्ने आधार देखाउँदै उच्च अदालत पोखराका दुई न्यायाधीशले उनलाई बलात्कार अभियोगबाट सफाइ दिएको छ। उच्च अदालत पोखराका कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले पीडितले सोचविचार गरेर जाहेरी दिएको पनि बताएको छ।
प्रतिक्रिया दिनुहोस्