एमाले केन्द्रीय प्रचार विभागमा ११ सदस्य मनोनीत
काठमाडौं, ३१ असार। नेकपा एमालेको केन्द्रीय प्रचार विभागमा ११ जना सदस्य मनोनीत भएका छन्। केन्द्रीय सचिवालयको शनिबार बसेको बैठकले प्रचार विभाग र संसदीय विभागमा सदस्य मनोनयन गरेको हो। एमाले संसदीय विभागको प्रमुखमा पृथ्वीसुब्बा गुरुङ छन् भने प्रचार विभाग प्रमुख राजेन्द्र गौतम छन्। मनोनीत भएका सदस्यहरूको विवरण अन्तर पार्टी निर्देशनमा पठाइने भन्दै सार्वजनिक गरिएको छैन।
प्रतिक्रिया दिनुहोस्