दर्शक कुट्ने भलिबल खेलाडीलाई ६ महिनाको प्रतिबन्ध काठमाडौं, ३१ असार। नेपाल भलिबल संघले खेलका क्रममा दर्शक कुट्ने त्रिभुवन आर्मी क्लबका ३जना खेलाडीलाई कारबाही गरेको छ। सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तर्गत गण्डकी प्रदेशसँगको खेलका क्रममा आर्मीका खेलाडीले दर्शक कुटेका थिए। यस कारण संघले क्लबका धनबहादुर भट्टलाई ६ महिना, राजेन्द्र विष्ट र धनपती कुँवरलाई ३महिना राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै प्रतियोगितामा प्रतिबन्ध लगाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्