भारतबाट आयो पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची काठमाडौँ, ३१ असार। भारतीय आयल कर्पोरेसनले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ। नयाँ सूचीअनुसार पेट्रोल ३४ पैसा घटेर र डिजेलको मूल्य २ रुपैयाँ ४७ पैसा बढेर आएको छ।नयाँ मूल्यसूचीपछि पनि निगम सबै पेट्रोलियम पदार्थमा नाफामा छ। पेट्रोलमा प्रतिलिटर ९ तथा डिजेलमा साढे ६ रुपैयाँ नाफा छ। समग्रमा निगम पाक्षिक करिब १ अर्ब नाफामा छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्