एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक सुरु
काठमाडौं, १ साउन। नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालयको बैठक सुरु भएको छ। गत शुक्रवारदेखि सुरुदेखि भएको बैठक यसबिचमा स्थगित भएर आजबाट पुनः सुरु भएको हो। काठमाडौंको चम्पादेवीमा जारी बैठकमा छलफल गर्नका लागि सातवटा कार्यसूची तयार पारिएको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। बैठकमा संगठन सुदृढीकरण विशेष अभियान, वर्तमान परिस्थिति र कार्यभार,आगामी कामको विस्तृत योजना साथै कार्यविभाजनलगायतका बारो छलफल भइरहेको छ।
प्रतिक्रिया दिनुहोस्