एमाले संसदीय विभागमा १३ सदस्य मनोनीत काठमाडौं, ३१ असारं। नेकपा एमालेको संसदीय विभागमा १३ सदस्य मनोनीत भएका छन्। लिलानाथ श्रेष्ठ(सिराहा), भगवती चौधरी(सुनसरी), पदम गिरी(पर्वत), विद्या भट्टराई(कास्की), ज्वाला साह(बारा), ठाकुर गैरे(पाल्पा), बलराम अधिकारी(कपिलवस्तु) र चन्द्रबहादुर विश्वकर्मा(पश्चिम रुकुम) लाई विभागको सदस्य मनोनीत गरिएको छ। यस्तै सुनिता बराल(झापा), महेश बर्तौला(मकवानपुर), तारा लामा तामाङ(कञ्चनपुर), अम्मरबहादुर रायमाझी (उदयपुर) र किरणकुमार साह(रौतहट) संसदीय विभाग सदस्य मनोनीत भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्