लुम्बिनी प्रदेशका पूर्वमन्त्री यादव बैंकिङ कसुरमा पक्राउ
काठमाडौं, १साउन।लुम्बिनी प्रदेशका पूर्वमन्त्री विजयबहादुर यादव बैंकिङ कसुरमा पक्राउ परेका छन्। बाँकेको डुडुवा गाउँपालिका– १होलियाबाट यादवलाई हिजो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। गत माघ १०गते रूपन्देहीको सियारी गाउँपालिका–१का उमाशंकर यादवका नाममा दिएको १२लाख २८हजार रुपैयाँको बैंक अफ काठमाडौंको चेक बाउन्स भएपछि पूर्वमन्त्री यादवमाथि मुद्दा दर्ता भएको थियो। मुद्दा दर्तापछि यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो।
प्रतिक्रिया दिनुहोस्