बन्चरे डाँडामा फोहोर फाल्न स्थानीयले गरे अवरोध
काठमाडौं,१ साउन। नुवाकोटको बन्चरे डाँडा ल्यान्डफिल साइटमा स्थानीयले आजदेखि फोहोर फाल्नमा रोक लगाएका छन्। सरकार र काठमाडौं महानगरपालिकाले सहमति कार्यान्वयन नगरेको भन्दै आफ्नो माग पुरा नभएसम्म बञ्चरे डाँडाको ल्याण्डफिल साइटमा फोहोर लिएर जाने गाडीलाई स्थानीयले रोकेका छन्। यसैबीच, ककनी गाउँपालिकाले फोहोर बोकेर बन्चरेडाँडा जाने हरेक सवारी साधनबाट १५सयसम्म शुल्क लिने निर्णय गरेकोमा ककनी गाउँपालिकाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।
प्रतिक्रिया दिनुहोस्