गत आर्थिक वर्षमा करिब ८० प्रतिशत बजेट खर्च
काठमाडौं, १ असार। गत आर्थिक वर्ष २०७९/८०मा संघीय सरकारले वार्षिक लक्ष्यको करिब ८प्रतिशत बजेट खर्च गरेको छ। गत आर्थिक वर्षका लागि सरकारले कूल १७खर्ब ८३अर्ब बढीको बजेट ल्याएको थियो। जसमध्ये ७९.६९ प्रतिशत अर्थात १४खर्ब २९अर्ब रुपैयाँ बराबर खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ। त्यसमा पनि चालूतर्फ ८५, पुँजीगततर्फ ६१.४४ र वित्तीय व्यवस्थातर्फ ८२.५८प्रतिशत बजेट खर्च भएको छ।
प्रतिक्रिया दिनुहोस्