आँधीका कारण अमेरिकामा १५०० बढी अन्तर्राष्ट्रिय उडान रद्द
काठमाडौं, १ साउन। अमेरिकाको उत्तरपूर्वी क्षेत्रमा आएको आँधीका कारण आइतबार साँझसम्म एक हजार ५०० भन्दा बढी अन्तर्राष्ट्रिय उडान रद्द भएका छन्। अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार न्युजर्सीको नेवार्क लिबर्टी अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार साँझसम्म ३६२ उडान रद्द भएका छन् भने ३३७उडान ढिला भएको छ। यस्तै न्युयोर्कको जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा ३१८उडान रद्द भएका छन् भने ४२६ उडान ढिला भएका छन्।
प्रतिक्रिया दिनुहोस्