नाबालिगलाई क्लब भित्र छिर्न दिएको आरोपमा एलओडीका कर्मचारी प्रहरीको नियन्त्रणमा
काठमाडौं,१साउन।काठमाडौं प्रहरी परिसरले नाइट क्लब एलओडीका दुईजना कर्मचारीलाई पक्राउ गरेको छ। एलओडीका दुई सन्चालकलाई सरकारी वकिल कार्यालयले छाडेको केही दिनपछि प्रहरीले कर्मचारीलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा म्यानेजर सहदेव सेढाई र काउन्टरमा काम गर्ने सपना ढुंगाना रहेका छन्।नाबालिगलाई क्लबमा छिराएको भन्दै प्रहरीले एलओडीका साहुलाई नियन्त्रणमा लिएको थियो। ती नाबालिग सानेपामा पुगेर बलात्कृत भएपछि प्रहरीले एलओडीले लापरबाही गरेको निष्कर्ष निकालेको थियो।
प्रतिक्रिया दिनुहोस्