मन्त्री मोदी र मेयर बालेनबीच जग्गा प्राप्ति र फोहोरमैला व्यवस्थापनबारे भयो छलफल
काठमाडौं, १ साउन।संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदी र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच भेटवार्ता भएको छ। सिंहदरबारस्थित मन्त्री मोदीको कार्यकक्षमा भएको भेटका क्रममा मन्त्रालय र काठमाडौं महानगरबीचको सहकार्य र समन्वयका सन्दर्भमा कुराकानी भएको छ। मेयर शाहले काठमाडौं महानगरका जग्गा प्राप्ति सम्बन्धी समस्या, फोहरमैला व्यवस्थापन सम्बन्धी देखिएका समस्या र तर्जुमा भइरहेको कानुनका सन्दर्भमा चासो राखेका थिए।
प्रतिक्रिया दिनुहोस्