नयाँ वर्ष सुरु भएसँगै नेप्सेमा देखियो लगानीकर्ताको उत्साह
काठमाडौं, १ साउन। आर्थिक वर्ष २०८०/८१ को पहिलो अर्थात् सोमबार नेप्से परिसूचक ४७.०७ अंक बढेर २१४४.१६ विन्दुमा पुगेको छ।आजको दिन १३ उपसमूहमध्ये १२उपसमूहको परिसूचक बढेसँगै नेप्से बढ्न पुगेको हो। यसका साथै अघिल्लो कारोबार दिन २अर्ब ३७ करोडको सेयर कारोबार भएकोमा यस दिन २ अर्ब ५६ करोड १ लाख रुपैयाँ बराबरको ७६ लाख ३४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
प्रतिक्रिया दिनुहोस्