गौर हत्याकाण्डका दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन
काठमाडौं, १ साउन। गौर हत्याकाण्डका दोषीलाई कारबाहीको माग गर्दै गौरमा विरोध प्रदर्शन भएको छ। १६ वर्षअघि भएको गौर हत्याकाण्डमा २७ जनाको मृत्यु भएको थियो। गौर हत्याकाण्डका पीडितहरुले तत्कालीन घटनानमा संलग्न दोषीहरूलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका हुन्। प्रदर्शनमा उत्रिएकाहरुले ‘गौर हत्याकाण्डको मुख्य दोषी उपेन्द्र यादवलाई कारबाही गर’, ‘न्याय मार्न पाईँदैन’, ‘पीडितलाई न्याय देउ’, लगायतका नारा लगाएका छन्।
प्रतिक्रिया दिनुहोस्