नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको मुख्य टनेल करिब चार सय मिटर खन्न बाँकी, १ वर्षभित्र सक्ने लक्ष्य
काठमाडौं, २असार।भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासहितको टोलीले सोमबार नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग अनुगमन गरेको छ। अनुगमनको क्रममा सुरुङमार्गको मुख्य टनेल करिब ४०० मिटर र रेस्क्यु टनेल करिब ३५मिटर खन्न बाँकी रहेको बताइएको छ। यसका साथै एक वर्षभित्रमा गाडी चलाउन मिल्ने बनाउने गरी काम सम्पन्न गर्ने तयारी रहेको छ। मन्त्री ज्वालाले थपिएको समयसीमाभित्र काम सक्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन्।
प्रतिक्रिया दिनुहोस्