पत्नी वियोगको बेला पाएको साथले पीडाबाट निस्किन प्रेरित गर्यो ः प्रचण्ड काठमाडौं, ०२ साउन।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पत्नी सीता दाहालको वियोगको शोकको बेला सबैबाट पाएको साथले पीडाबाट निस्किन र समाजप्रति थप जिम्मेवार हुन प्रेरित गरेको बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उनले भने,‘शोकको यो घडीमा यहाँहरुको साथ,समवेदना र सदभावले हामीलाई पीडाबाट निस्कनमात्र मद्दत गरेको छैन,बरु देश र समाजप्रति थप जिम्मेवार हुन प्रेरित गरिरहेको महसुस गरेका छौं।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्