सीताले मृत्यु पनि निकै शान्त रोजिन्ः प्रधानमन्त्री प्रचण्ड काठमाडौं,०२ साउन।प्रधानमन्त्री पुष्पकमल दाहालले पत्नी सीता दाहालले मृत्यु निकै शान्त रोजेको बताएका छन्। बालुवाटारमा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै उनले राज्यबाट कुनै सुविधा नलिईकनै उनलाई उपचारका लागि आफूहरू हरतरहबाट लागिपरेको बताए। साथै उनले अन्तिम अवस्थामा अस्पतालको आइसीयु वा भेन्टिलेटरमा उनको पीडादायी मृत्युवरण देख्नुपर्छ कि भन्ने चिन्ता लागे पनि बाच्दासम्म सीताले अरूलाई पीडा नदिएको बताए। उनले भने,‘सीताले मृत्यु पनि निकै शान्त रोजिन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्