राष्ट्रिय स्वतन्त्र पार्टीको उदयपछि विदेश जाने दर ह्वात्तै बढ्यो : शंकर पोखरेल
काठमाडौं, २ साउन। नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीको उदयपछि विदेश जानेदर ह्वात्तै बढेको बताएका छन्।मंगलबार फेसबुकमा लेख्दै उनले विदेश गएकाहरूलाई देश फर्काउँछौँ भन्नेहरूलाई गएको निर्वाचनमा जनताले लोकप्रिय मत दिएको तर उनीहरू राष्ट्रिय दलका रूपमा उदाएपछि विदेशिने संख्या झनै बढेको बताए। रास्वपाका सभापति रवि लामिछानेले गत मंसिरमा विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने अभियान चाल्ने लोकप्रिय भाषण गरेका थिए।
प्रतिक्रिया दिनुहोस्